अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानन्यायाधीशलाई विचौलियाको नाइके घोषणा गर्दै अदालत छिर्न नदिने बारको घोषणा

प्रधानन्यायाधीशलाई विचौलियाको नाइके घोषणा गर्दै अदालत छिर्न नदिने बारको घोषणा


काठमाडौं – शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विचौलियाको नाइके घोषणा गरेको छ ।

बारले हस्तक्षेपको विरोधमा भोलि शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा पनि गरेको छ ।

धर्ना विथोलिएपछि नेपाल बार परिसरमा बोल्दै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले भोलि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिने आन्दोलनको कार्यक्रमको घोषणा गर्नुभयो ।

प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश निषेध गर्ने गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएलगत्तै उहाँले नारा लगाए– बिचौलियाको नाइके । उपस्थित कानून व्यवसायीले भने– राजीनामा दे । भ्रष्टाचारको नाइके– राजनिामा दे !