अछाम- राष्ट्रिय जनगणना अन्तर्गत अछामका १० वटै पालिकामा गणना कार्य शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि १२औँ राष्ट्रिय जनगणना शुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल र १० वटै पालिकाका प्रमुख-उपप्रमुख, अध्यक्ष–उपाध्यक्षको घरपरिवारबाट विवरण संकलन कार्यको शुभारम्भ गरिएको जिल्ला जनगणना कार्यलय अछामका जनगणना अधिकारी प्रकाश बिष्टले जानकारी दिनुभयो ।
१५ दिन चल्ने जनगणनाका लागि जिल्लामा ३०२ जना गणक परिचालन गरिएको छ । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । जिल्लाका १० स्थानीय तहलाई मध्यनजर गर्दै पाँचवटा स्थानीय तहमा अस्थायी कार्यालय सञ्चालन गरिएका छन् ।
२०६८ सालको जनगणनामा जिल्लामा ४८ हजार घरपरिवारबाट विवरण संकलन गरिएको उहाँको भनाइ छ । १० वर्षको अवधिमा दुई हजार जनसंख्या बढेकाले यो वर्षको गणकहरूबाट लगभग ५० हजार घरपरिवारबाट विवरण संकलन हुने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया