मुगु – हिमाली जिल्ला मुगुमा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाको विवरण लिदै १२औं जनगणनाको विवरण संकलन सुरू भएको छ ।
जनगणनाको लागि मुगुमा ९० जना गणक परिचालन गरेको जनगणना कार्यालय मुगुका कार्यालय प्रमुख कृष्ण चौलागाइँले बताउनुभयो ।
जनगणनाका लागि सम्पूर्ण तयारी पूरा भई खटाईसकेको प्रमुख चौलागाईको भनाइ छ । पहिलो चरणमा मुगुमा २० जना सुपरीवेक्षकले १२ हजार ३१० घर तथा घरपरिवारले सूचीकरण गरिसकेको कार्यालयले जानकारी दिएको छ । जनगणनालाई थप प्रभावकारी बनाउन जिल्लाका तीन वटा स्थान सोरु, खत्याड र गमगढी बजारमा स्थानीय जनगणना कार्यालय स्थापना भएको छ ।







प्रतिक्रिया