अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर थप ३१७ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

देशभर थप ३१७ जनामा कोरोना पुष्टि, ६ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०९ जनाको पीसीआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २७९ जना निको भएका छन् ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ५५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ भने ७ लाख ९७ हजार ५९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ जना रहेका छन् । जसमध्ये ७ हजार १० जना होम आइसोलेसनमा रहेका छन् भने ५२५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८८ जना आईसीयू र ५४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६ जना कोरोना संक्रमित थपिएका छन् ।