अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लिखु तामाकोशी गाउँपालिका अध्यक्षमा भीमबहादुर तामाङ चयन

एमाले लिखु तामाकोशी गाउँपालिका अध्यक्षमा भीमबहादुर तामाङ चयन


रामेछाप – नेकपा एमाले रामेछाप जिल्ला अन्तर्गत लिखु तामाकोशी गाउँपालिकाको अधिवेशनले भीमबहादुर तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा केशरबहादुर पौडेल, सचिवमा सुवास बोहरा र उपसचिव लिलाबहादुर बस्नेत र निङ्मार तामाङलाई चयन गरेको हो ।

कात्तिक ९ र १० गते नै नेतृत्व टुङ्गो लाग्नुपर्ने भएपनि आकांक्षी धेरै हुँदा अधिवेशन सरेको थियो । बुधबार र आज बिहानसम्म भएको छलफलले अध्यक्षमा भीमबहादुर तामाङलाई चयन गरेको हो । अध्यक्षका लागि भीमबहादुर तामाङ, दुर्गाबहादुर श्रेष्ठ, केशरबहादुर पौडेल र शिवप्रसाद न्यौपानेले दाबी गर्नुभएको थियो । तर, निरन्तरको छलफलपछि तामाङको अध्यक्षमा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ ।

मन्थलीमा जिल्ला इन्चार्ज कैला ढुंगेल, अध्यक्ष शान्ति पौडेल र सचिव आनन्द श्रेष्ठ, निवर्तमान पालिका अध्यक्ष उद्धब कडरिया, प्रदेश कमिटी सदस्य रत्न गौतमसहितका नेताहरुको पहलमा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ ।