अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 पेट्रोलियम पदार्थ र एलपी ग्यासमा गरिएको मूल्यबृद्धि फिर्ता नलिए प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी

 पेट्रोलियम पदार्थ र एलपी ग्यासमा गरिएको मूल्यबृद्धि फिर्ता नलिए प्रतिकारमा उत्रिने अनेरास्ववियुको चेतावनी


काठमाडौं – एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी दिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले मूल्यवृद्धि फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिनुभभएको हो ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबै क्षेत्रको महंगी बढ्न गई सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मुल्यवाद फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु मूल्य वृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘मूल्य समायोजन भन्ने बहानामा अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाई आयल निगम लगायतका सरकारी निकायले चुहावट नियन्त्रण एवं बोनस र भत्ता वितराणमा बेवास्ता गरी जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मुल्य वृद्धि गर्दै आफ्ना निकाय र कर्मचारीको मनोमानिलाई लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटकपटक मूल्य वृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष बरालले देशैभरिका अनेरास्ववियुका नेताकार्यकताहरुलाई मूल्यवृद्धिविरुद्ध आन्दोलनमा उत्रन आह्वान गर्नुभएको छ ।

नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा ३ रुपैयाँ, डिजलमा ३ रुपैयाँ, मट्टितेलमा ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमले १२ दिनअघि मात्र मूल्यवृद्धि गरेको थियो।