चितवन- नेकपा एमालेको १० औं महाधिवेशनको तयारीका सन्दर्भमा आज पार्टीका महासचिव ईश्वर पोखरेल सहित स्थायी कमिटीका सात जना नेताहरुले आयोजना स्थलको निरीक्षण गर्नुभएको छ ।
एमाले चितवनका अध्यक्ष पावर्ती रावलका अनुसार महासचिव पोखरेल,उपमहासचिव विष्णु पौडेल सचिव प्रदिप ज्ञवाली,योगेश भट्राई सदस्यहरु सुरेन्द्र पाण्डे,रामबहादुर थापा,शंकर पोखरेल विहान ११ बजे चितवन पगुेर अपरान्ह ३ बजे काठमाडौं फर्किनु भएको छ । उहाँहरुसँग केन्द्रीय सदस्य राजन भट्टराई र प्रदेश नं ३ का अध्यक्ष आनन्द पोखरेल पनि चितवन जानु भएको थियो ।
रावलका अनुसार महासचिव नेतृत्वको टोलीले महाधिवेशन उद्घाटन स्थल नारायणी किनार र बन्दसत्र हुने ठाउँ सौराहाको होटल सेभेन स्टार परिसरमा पनि भएको तयारीको अवस्था जानकारी लिएको छ ।
टोलीले केहीबेर चितवन स्थित महाधिवेशन सम्पर्क कार्यलयमा पनि तयारीका बिषयमा जानकारी लिएको छ ।
महाधिवेशनको तयारीका बारेमा मुल व्यवस्थापन समितीका संयोजक रामबहादुर थापाले जानकारी गराउनुभएको थियो । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा १हजार ९ सय ९९ जना प्रतिनिधीको सहभागितामा १० औं महाधिवेशन हुदैछ ।
चितवनबाट फर्केलगत्तै महासचिव पोखरेल सहितको टोली अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गएर महाधिवेशनको तयारीको बारेमा जानकारी गराएको छ ।





प्रतिक्रिया