अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनगणनाका गणकलाई अध्यक्ष ओलीको उत्तर– ‘राधिका घरमुली, म चाहिँ परिवारको ज्येष्ठ सदस्य’

जनगणनाका गणकलाई अध्यक्ष ओलीको उत्तर– ‘राधिका घरमुली, म चाहिँ परिवारको ज्येष्ठ सदस्य’


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुईपटक मुलुकको प्रधानमन्त्री भइसकेका नेता हुनुहुन्छ । अहिले पनि उहाँ सबभन्दा ठूलो दलको मुली हुनुहुन्छ । तर उहाँको आफ्नो घरको घरमुली चाहिँ पत्नी राधिका शाक्य हुनुहुन्छ ।

आज देखि सुरु गरिएको जनगणनामा तथ्यांक विभागका महानिर्देशक सहितको टोलीलाई ओलीले पनि आफ्नो घरमुली पत्नी राधिका शाक्य भएको बताउनुभयो । ‘घरमुली राधिका । म त पकाएर दिएको खाने हुँ । मैले नै मुली त भन्नुभएन नि,’ ओलीले विभागका कर्मचारीहरुसँग भन्नुभयो, ‘म चाहिँ परिवारको ज्येष्ठ सदस्य ।’

अध्यक्ष ओली र पत्नी राधिकाले जनगणना गर्न विभागको टोलीसँग एक घण्टाभन्दा बढी समय विताउनुभयो । गणकले सोधेका सबै प्रश्नको उत्तर उहाँहरु दुवैजनाले दिनुभयो ।

देश विकासका लागि जनगणनाको आवश्यकता किन पर्दछ भन्ने बारेमा ओलीले सजिलोसँग बुझिने गरी धेरै वटा उदाहरण पेस गर्नुभयो । ‘घरमा खाना पकाउने बेलामा त कति जनाले खाना खाने हो भनेर भान्सेले साधेरे मात्र भाँडामा चामल हाल्छन्,’ ओलीले भन्नुभयो, ‘यो भनेको पनि एक प्रकारले तथ्यांक नै लिएको हो ।’ घरपपरिवार भित्र यति महत्वपूर्ण हुने तथ्यांक देशका लागि झनै महत्वपूर्ण हुने ओलीले बताउनुभयो । उहाँले जनगणनाबाट सही विवरण ल्याउनका लागि हरेक गणकलाई जनगणना अवधीभरी राम्रो निर्देशन गर्न पनि विभागलाई आग्रह गर्नुभएको छ ।