काठमाडौं- नेपाल बार एसोसिएसनको निषेध आन्दोलनबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गर्नुभएको छ ।
जबरालाई प्रवेश रोक्न मुल गेटमा धर्ना दिइरहेका कानून व्यवसायीलाई झुक्याएर अर्के गेट प्रयोग गरी उहाँ कार्यकक्ष प्रवेश गर्नुभएको हो ।
बालुवाटारस्थित निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेर उहाँ अदालत आउनुभएको हो ।
मुल गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटवाट प्रवेश गरेका हुन् ।
महान्यायाधधिवक्ता कार्यालय नजिकैको सो गेट नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दा मात्र सर्वोच्च प्रशासनले खोल्ने गरेको छ ।





प्रतिक्रिया