अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिल्लीमा बढ्यो प्रदूषण

दिल्लीमा बढ्यो प्रदूषण


नयाँ दिल्ली – दिल्लीको वायुको गुणस्तर निकै खस्किएको छ । प्रदूषणका कारण मानिसहरुमा श्वासप्रश्वास र आँखासम्वन्धी समस्या देखिन थालेको छ । दिल्लीको वायु गुणस्तर सूचांक (एयर क्वालिटी इन्डेक्स) एक्कासी बढेको हो । दिल्लीको दुई सहरको वायु गुणस्तर सूचांक ७०० नाघेको छ । सामान्यतया शून्यदेखि ५० सम्मको वायुको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५० देखि १०० सम्मको वायुको गुणस्तर सन्तोषजनक मानिन्छ ।

औषतमा दिल्लीको गुणस्तर सूचांक ३६० छ । दिल्लीका विभिन्न क्षेत्रलाई प्रदूषणका दृष्टिले रेड जोन घोषणा गरिएको छ । पन्जाबमा खेतवारीमा लागेको आगो र दीपावलीमा पटका पड्काउदा फैलिएको धूँवा नयाँ दिल्लीसम्म  पुग्दा प्रदूषण बढेको बताइएको छ ।

– एजेन्सी