अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्यमा लगातार वृद्धि, आज तोलामा चार सय बढ्यो

सुनको मूल्यमा लगातार वृद्धि, आज तोलामा चार सय बढ्यो


काठमाडौं – शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार कायम भएकोमा आज चार सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार चार सय पुगेको छ ।

यस्तै, छापावाल सुनप्रति १० ग्राम ८० हजार नौ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९३ हजार नौ सय कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ८० हजार पाँच सय पाँच रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रति तोला एक हजार दुई सय ७० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार एक सय दुई पैसा कायम भएको महसंघले जनाएको छ ।