अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेन्च बहिस्कारविरुद्ध प्रदर्शन : ‘दबाबको शासन अन्त्य गर’ नारा लाग्यो

बेन्च बहिस्कारविरुद्ध प्रदर्शन : ‘दबाबको शासन अन्त्य गर’ नारा लाग्यो


काठमाडौं – बेन्च बहिस्कार गरेर नेपाल बार एसोसिएसनको आन्दोलनको विरोधका काठमाडौंमा कानून व्यवसायीसहितले प्रदर्शन गरेका छन् । उनीहरूले ‘दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर’ जस्ता प्लेकार्डसहित नारा लगाएका छन् ।

कार्यपालिकासँग राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोपमा लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बार र सर्वोच्च अदालतकै १९ जना न्यायाधीश आन्दोलनमा उत्रिएको छ ।

बेन्च बहिस्कार गरेर न्यायाधीशसहित बार आन्दोलनमा उत्रिएपछि कानून व्यवसायीसहितले शुक्रबार ‘बेन्च बहिस्कार अन्त्य गर’ ह्यासट्यागसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा स्वागत नेपाल, भूमिनन्द चुडालसहितका कानून व्यवसायी सहभागी थिए ।

बिहीबार र शुक्रबार बारको धर्नामा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको थियो । शुक्रबार बारले जबरालाई कार्यालय प्रवेश गर्न नदिने गरी धर्नामा बसेको थियो । तर, अर्कै गेट प्रयोग गरेर जबरा कार्यालयमा जानुभएको थियो ।