अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुर-२ मा एमालेको सर्वसहमत महाधिवेशन प्रतिनिधि छनोट

उदयपुर-२ मा एमालेको सर्वसहमत महाधिवेशन प्रतिनिधि छनोट


उदयपुर- नेकपा एमालेको १०औं महाधिवेशनको लागि उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ मा सर्वसहमत महाधिवेशन प्रतिनिधि छनोट भएको छ । क्षेत्र नं. २  बाट एमालेको ६ जना प्रतिनिधि छनोट भएका छन् ।

खुलातर्फ ज्ञानेन्द्र श्रेष्ठ, अम्मर बहादुर रायमाझी, शैलेश लामा र उद्यवसिंह थापा छनोट भएका छन् । त्यस्तै महिलातर्फ भीमकुमारी राउत र कला घले चयन गरेका छन् ।

एमालेको १०औँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने तय भएको छ । १०औं महाधिवेशनका लागि एमालेको प्रतिनिधि शनिबार टुंगो लाग्दैछ । तर बिहीबारबाटै प्रतिनिधि छनोट शुरु भइसकेको एमालेले जनाएको छ ।