सल्यान – नेकपा एमाले सल्यान जिल्ला कमिटीले १०औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गरेको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा पहिले सल्यान एमालेले महाधिवेशन प्रतिनिधि टुंगो लगाएको हो ।
जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य गुलावजंग शाहले सल्यानबाट सर्वसम्मत आठजना प्रतिनिधि चयन भएको जानकारी दिनुभयो । प्रतिनिधिमा महिलाबाट पुष्पा कुमारी बोहोरा र संञ्चिता कुमारी ओली (बिसी) चयन भएका छन् । त्यस्तै दलितबाट जनक विक छानिएका छन् ।
उहाँका अनुसार खुलाबाट पार्टी अध्यक्ष गोविन्द कुमार पुन, उपाध्यक्ष हिमबहादुर सेन, उपसचिव दानबहादुर केसी, पूर्वअध्यक्ष लोकबहादुर डाँगी र प्रदेश कमिटी सदस्य तिलक मल्ल छानिएका हुन् ।
कर्णालीका हुम्ला, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोट लगायतका जिल्लामा भने भोलि मात्रै महाधिवेशन प्रतिनिधि टुंगिने छ ।





प्रतिक्रिया