अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्यूआर कोड र इसेवाबाट एमालेलाई चन्दा सहयोग गर्न सकिने

क्यूआर कोड र इसेवाबाट एमालेलाई चन्दा सहयोग गर्न सकिने


काठमाडौं – नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा गरिने खर्च उठाउन क्यूआर कोड सार्वजनिक गरेको छ । कार्यकर्ता र सुभेच्छुकलाई न्यूनतम रु.१०० रुपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्यूआर कोड सार्वजनिक गरेको हो .

महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्यूआर कोडसँगै इ-सेवा र फोन पेबाट न्यूनतम रु.१०० रुपैयाँ जम्मा गर्न आग्रह गरेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीका सदस्यलाई आफ्नो सदस्यता नम्बरसहित सहयोगको अपिल गरिएको र सुभेच्छुकलाई परिचयसहित सहयोग गर्न आग्रह गरिएको बताउनुभयो ।

यसअघि एमालेले राष्ट्रिय वाणिज्य बैंक टेकुमा रहेको पार्टीको खातामा रकम जम्मा गर्न भनेको थियो । तर, लोगो सार्वजनकि गर्न आयोजित कार्यक्रममा भने चन्दाका लागि क्यूआर कोड, इसेवा र फोन पे एप्स सार्वजनिक गरेको हो ।