झापा- सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र विर्तामोडले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई भव्य सम्मान गरेको छ ।
विर्तामोडस्थित गोमेन्द्र कलेजमा आयोजित सम्मान कार्यक्रममा केन्द्रका पदाधिकारीले फूल माला र सम्मानपत्र द्वारा सम्मान गरेका हुन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष आचार्य, ट्राफ़िक प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठ, शिक्षा सेबी गणेशप्रसाद खनाल, आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष पदम प्रसाई, बिर्ता सामुदायिकका अध्यक्ष केशव पाठक, बुद्धशान्ति सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मेनुका खड्का लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रसाईले आफूले जीवनमा धेरै संघर्ष गरेर यो ठाउँमा आएको बताउँदै अब सबैले देश निर्माणमा आ-आफ्नो ठाउँबाट योगदान गर्नु पर्ने बेला आएको उल्लेख गर्नुभयो । प्रसाईंले अब बाकी जिवन सामाजिक कार्यमा नै बिताउने बताउँदै ‘म जे गर्छु नेपाल मै गर्छु’ र नेपालीका लागि गर्छु भन्ने आफ्नो अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नु भयो ।
सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनालको सभापतित्वमा भएको सो कार्यक्रममा शिवसताक्षी सामुदायिक सेवा केन्द्रका अध्यक्ष छत्रबाबु ओझा, क्षितिज नाट्यका माधव कल्पित लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा संस्थाका महासचिव लक्ष्मी गौतमले सञ्चालन गर्नु भएको थियो ।
प्रतिक्रिया