रोल्पा- नेकपा एमालेको १०औं महाधिवेशनका लागि रोल्पा जिल्लाले सर्वसम्मत प्रतिनिधि छनौट गरेको छ । रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाका अनुसार सात जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
रोल्पाबाट महिला कोटामा जुनमाया बुढा र इश्वरी जिएम चयन भएका छन् । त्यस्तै दलित कोटाबाट रिमा नेपाली र खुल्लातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर, शान्तकुमार वली चयन भएको जिल्ला अध्यक्ष बुढाले जानकारी दिनुभयो ।





प्रतिक्रिया