अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन

बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन


काठमाडौं- बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन गरेका छन् ।

दोलखा, मकवानपुर र रसुवामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत चयन भएका छन् । बाँकी जिल्लामा पनि सर्वसहमत प्रतिनिधि चयनको प्रयास भइरहेको तामाङले बताउनुभयो ।

१०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ । १०–१२ मंसिरमा एमालेको १०औं महाधिवेशन चितवनमा हुँदैछ ।