अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको १० औं महाधिवेशनका लागि आज देशैभरीबाट प्रतिनिधि छनौट

एमालेको १० औं महाधिवेशनका लागि आज देशैभरीबाट प्रतिनिधि छनौट


काठमाडौं- नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधी छनौटका लागि आज देशैभरी निर्वाचन हुँदैछ ।

एमालेको महाधिवेशन कार्यतालिका अनुसार आज संघीय निर्वाचन क्षेत्र,जिल्ला इालका र जनवर्गीय संगठनबाट प्रतिनिधीहरु छनौट गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार मनोनयनकै क्रममा देशका कतिपय ठाउँबाट प्रतिनिधीहरु निर्विरोध चयन भइसकेका छन् । निर्विरोध नभएका ठाउँहरुमा आज दिनभरीमा निर्वाचन प्रक्रियाबाट करिब १ हजार ९ सय प्रतिनिधि छनौट हुने एमालेले जनाएको छ ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ । जहाँ बढीमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । एमालेमा करिब १ सय जना प्रतिनिधि मनोनित हुँदैछन् ।