अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनका प्रतिनिधि छनौटका दिन अध्यक्ष ओलीको सन्देश : राष्ट्रिय आकांक्षा पूरा गर्ने शक्ति एमाले मात्रै हो (भिडियोसहित)

एमाले महाधिवेशनका प्रतिनिधि छनौटका दिन अध्यक्ष ओलीको सन्देश : राष्ट्रिय आकांक्षा पूरा गर्ने शक्ति एमाले मात्रै हो (भिडियोसहित)


काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याइयो भन्ने सपना नदेख्न चेतावनी दिनुभएको छ । थप सुदृढ भएर एमाले सकिएको भ्रम पाल्नेहरुलाई जवाफ फर्काइरहेको ओलीको भनाइ छ ।

१० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधी छनौटका अवसरमा आज एक भिडियो सन्देश दिंदै अध्यक्ष ओलीले भन्नुभएको छ ‘ संघर्ष र स्वाभिमानको झण्डा बोकी, लोकतन्त्रको बहाली तथा सुखी जीवनको लागि समाजवादको आधार खडा गर्ने यस महान अभियानका हामी पटक–पटक लड्यौं, घाइते भयौं, तर फेरि उठ्यौं र धुलो टक्टकाउँदै अघि बढ्यौं ।’

अध्यक्ष ओलीको सन्देशमा माओवादी केन्द्रसँगको पार्टी एकताको र विभाजनको पृष्ठभूमी केलाइएको छ । एकताका नाममा पार्टीलाई गलत दिशामा धकेल्ने दुस्प्रयास भएको स्मरण गर्नुभएको छ । ‘एकता प्रकृयापछि पार्टीको शीर्ष तह– सचिवालयमा पुगेका अराजक दक्षिणपन्थी अवसरवादीहरूद्वारा एकीकरणलाई पूर्णता दिने हैन, पार्टी ‘कब्जा’ गर्ने र पार्टीलाई गलत दिशामा धकेल्ने दुष्प्रयास आरम्भ गरियो ’ अध्यक्ष ओलीको मन्तव्यमा भनिएको छ ।

दशौं महाधिवेशनले एमालेले अघि बढाइआएको पार्टी निर्माण, विस्तार र एकता प्रकृयालाई नयाँ उचाई प्रदान गर्ने अध्यक्ष ओलीको विश्वास छ । अध्यक्ष ओलीले भन्नुभएको छ ‘ हाम्रो प्रिय पार्टी नेकपा (एमाले) लाई राष्ट्रिय आकाँक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्नेछ ।’