चितवन – चितवनका पत्रकार एवं संरक्षणकर्मी अपिल घिमिरेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँले कांग्रेसमा अब रहन नसक्ने भन्दै कांग्रेस छाडेको बताउनुभएको हो । पत्रकार महासंघ चितवनको सदस्यसमेत रहेका घिमिरेले पेशागत र संरक्षणको काममा लाग्ने भन्दैं कांग्रेस छाडेको बताउनुभयो ।
‘म सबैको साझा मान्छे हुन चाहान्छु, सबैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छु, कुनै एउटा पार्टीमा तत्काल नरहने निष्कर्षमा पुगेर कांग्रेस छाडेको हो’ घिमिरले भन्नुभयो, ‘भोली कही कत्तै केही विचार र आस्था मिल्यो भने सोचौंला तत्काललाई कुनै पार्टीमा रहन्न ।’
उहाँ पश्चिम चितवनको पार्वतीपुरमा रहेको रेडियो प्रभावका स्टेशन म्यानेजर हुनुहुन्छ । विषेशगरी वातावरण र गैंडाको संरक्षणमा उहाँले विभिन्न अभियानहरु पटिहानी क्षेत्रमा चलाउँदै आउनुभएको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा घुम्न जाने पर्यटकहरुले फाल्ने प्लाष्ट्रिक तथा सिसाहरु फाल्न रोक लगाउने तथा फालेको ठाउँमा गएर संकलन गर्ने काममा घिमिरे खटिदै आएका छन् ।
प्रतिक्रिया