गोरखा – नेकपा एमाले गोरखाले पनि सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । खुल्लातर्फ सुरेन्द्र बहादुर थापा, गोपाल पाण्डे, कृष्ण नेपाली, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा, महिलातर्फ सम्झना देवकोटा, मिना बरामु संघीय निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि छानिएका छन् ।
त्यस्तै क्षेत्र नं २ बाट खुल्लातर्फ प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले, कमल दानी, महिलातर्फ पार्वती पाठक र रुपा पन्त चुनिएका छन् । उत्पीडित दलित प्रतिनिधिमा काजीराम रोका सर्वसम्मत चयन भएका छन् ।





प्रतिक्रिया