काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले तथ्यांक विना बनाइएका योजना प्रभावकारी नहुने बताउनुभएको छ । राष्ट्रिय जनगणना लिन गएको राष्ट्रिय योजना आयोग र तथ्यांक विभागको टोलीसँग कुरा गर्दै सापकोटाले सो कुरा बताउनुभएको हो ।
सभामुख सापकोटाले अधिकांश योजना विना तथ्यांक बनाइने भएकोले कतिपय योजना असफल हुने गरेको सापकोटाको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाँलले तथ्यांक संकलन मात्र होइन यसको प्रयोग पनि बढाउनु पर्ने बताउनुभएको छ ।
राष्ट्रिय जनगणना सञ्चालक समितिका संयोजक समेत रहेका फुयलले समाजवादका आधार प्राप्त गर्न समेत जनगणना आवश्यक रहेको उल्लेख गर्नुभयो ।जनगणनालाई बौद्धिक युद्धको संज्ञा दिंदै फुयाले तथ्यांक नै अहिलेको समयको मुलशक्ति भएको बताउनुभयो ।
सभामुख सापकोटाले सबैलाई जनगणनामा सही तथ्यांक उपलब्ध गराउन आग्ह गर्नुभएको छ ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनगणना सञ्चालनका प्रक्रिया र हाल भइरहेका कामको बारेमा सभामुख सापकोटालाई जानकारी गराउनु भएको थियो ।
विभागका निर्देशक एवं जनगणना शाखा प्रमुख ढुण्डीराज लामिछानेले सभामुख सापकोटासँग गणकको रुपमा प्रश्न सोध्नुभएको थियो ।





प्रतिक्रिया