अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : जाजरकोटमा सर्वसम्मत प्रतिनिधि छनोट

एमाले महाधिवेशन : जाजरकोटमा सर्वसम्मत प्रतिनिधि छनोट


जाजरकोट – नेकपा (एमाले) जाजरकोटले १०औं राष्ट्रिय महाअधिवेशनका लागि सर्वसम्मत प्रनिनिधि छनोट गरेको छ ।

आज छनोट भएका प्रतिनिधिमा करवीर शाही, लालबहादुर महतारा, डम्बर सिंह, कौशिलावती खत्री, सीपी घर्ती, वेदबहादुर शाही, प्रेमप्रसाद घर्ती, नवेन्द्र नेपाली र हरिकला जैसी रहेका छन् ।

दुई दिनसम्म भएको छलफलबाट आज सर्वसम्मत प्रतिनिधि छनोट भएको निर्वाचन मण्डलका संयोजक हेरम्वबहादुर शाहले बताउनुभयो । करवीर शाही कर्णाली प्रदेशसभा सदस्य जाजरकोट (ख), महतारा छेडागाड नगरपालिकाका नगर प्रमुख, कौशिलावती खत्री प्रदेशसभा समानुपातिक सदस्य, सीपी घर्ती भेरी नगरपालिका मेयर हुन् ।