काठमाडौं – नेकपा एमालेको १०औं महाधिवेशनका लागि अनेरास्ववियुबाट पाँच जना प्रतिनिधि चयन भएका छन् । अखिल अध्यक्ष सुनिता बरालसहित आरसी लामिछाने, झपेन्द्र खत्री, समिक बढाल र निशा अधिकारी महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिएको बरालले जानकारी दिनुभयो । महाधिवेशनका लागि एमालेले भूगोलसँगै जनवर्गीय संगठनबाट धमाधम प्रतिनिधि चयन गरिरहेको छ । महाधिवेशन तालिकाअनुसार आज देशैभर महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।





प्रतिक्रिया