अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : लमजुङबाट ११ जना प्रतिनिधि सर्वसम्मत

एमाले महाधिवेशन : लमजुङबाट ११ जना प्रतिनिधि सर्वसम्मत


लमजुङ – नेकपा एमालेको १०औं महाधिवेशनका लागि लमजुङबाट ११ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

सर्वसम्मत चयन भएका खुल्ला प्रतिनिधितर्फ जिल्ला अध्यक्ष धनञ्जय दवाडी, प्रदेश सचिवालय सदस्य जमीन्द्रमान घले, मोहनरी पौडेल, प्रदेश सदस्य प्रेमबहादुर घले, गुमानसिंह अर्याल र जिल्ला सचिव कृष्ण प्रसाद अधिकारी  रहेका छन् । त्यसैगरी महिलातर्फ प्रदेश सदस्य दिपा गुरुङ, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य लक्ष्मीदेवी अधिकारी र अनेमसंघका जिल्ला अध्यक्ष यशोदा रिमाल महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

यस्तै महाधिवेशन प्रतिनिधिमा दलिततर्फ विवश बुढाथोकी र हिरालाल विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । लमजुङमा ११ जना प्रतिनिधि प्राप्त गर्ने अवस्था रहेकोमा खुल्लातर्फ ६ जनामा १६ जना, महिलातर्फ ३ जनामा ७ जना र दलिततर्फ २ जनाका लागि ४ जनाको मनोनयन दर्ता भएकोमा आपसी छलफल तथा अन्तरक्रिया गरी समझदारीका साथ महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको एमालेले जनाएको छ ।