अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : सुवास नेम्वाङ

सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : सुवास नेम्वाङ


झापा – नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाउनुभएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले  असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताउनुभयो ।

सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताउनुभयो । सबै कुराको दोष संविधानलाई दिन नहुने उहाँको धारणा थियो । उहाँले राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको भएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा नेता नेम्वाङले संविधानसभा सदस्य केशव बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार प्रदान गर्नुभयो । सहकारी अभियानमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सो सहकारीले रु एक लाख एक हजार राशिको पुरस्कार प्रदान गर्दैआएको छ ।