अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्व माओवादी नेता बालकृष्ण ढुंगेल एमालेको महाधिवेशन प्रतिनिधि चयन

पूर्व माओवादी नेता बालकृष्ण ढुंगेल एमालेको महाधिवेशन प्रतिनिधि चयन


काठमाडौं – माओवादी नेता तथा संविधानसभा सदस्य बालकृष्ण ढुंगेल नेकपा एमाले १०औं महाधिवेशनको प्रतिनिधि चयन हुनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कूल विभागबाट ढुंगेल महाधिवेशनका लागि प्रतिनिधि चयन हुनुभएको हो ।

ओखलढुंगा जिल्लाबाट २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित हुनुभएका ढुंगेल हाल एमालेको प्रदेश १ को प्रदेश कमिटी सदस्य हुनुहुन्छ । ढुंगेल गत वर्ष नेकपा विभाजन भएपछि अध्यक्ष प्रचण्डलाई छाडेर अध्यक्ष केपी ओली पक्षमा उभिनुभएको थियो ।

अध्यक्ष प्रचण्डले जनयुद्धलाई आफ्नो र परिवारको स्वार्थसिद्ध गर्ने भर्‍याङ बनाएको र कार्यकर्तालाई मुद्दामा फसाएर आफू प्रधानमन्त्री बनेको भन्दै ढुंगेलले विद्रोह गरेका हुन् । उहाँले ओखलढुंगाबाट निर्वाचित जनप्रतिनिधिसहित कार्यकर्ताहरु समेत माओवादीबाट एमालेमा लिएर आउनुभएको थियो ।

ढुंगेलसँगै स्कूल विभागबाट दयालबहादुर शाही, घनश्याम कोइराला, हिमबहादुर क्षेत्री, तेजकुमारी खड्का महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।