काठमाडौं-नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफूहरुको १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओलीलाई अध्यक्षमा चयन गर्ने दाबी गर्नुभयो ।
शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता रायमाझीले १०-१२ मंसिरमा चितवनमा सम्पन्न हुने राष्ट्रिय महाधिवेशनले ओलीलाई सर्वसम्मत फेरि अध्यक्ष चुन्ने बताउनुभयो ।
‘हामीले विधान महाधिवेशनमा विधान सर्वसम्मत पारित गर्यौं । अब नेतृत्व पनि सर्वसम्मतमा चयन गर्छौं । साथै पार्टीमा नयाँ नेतृत्वको निर्माण गर्छौं । केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष चयन हुनुहुन्छ । विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ’, उहाँले दाबी गर्नुभयो ।
एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरिसकेको भन्दै उहाँले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रीत भएर अब संगठन विस्तारमा अघि बढ्ने बताउनुभयो ।





प्रतिक्रिया