खोटाङ – नेकपा एमालेको १०औं महाधिवेशनका लागि खोटाङबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । सर्वसम्मत चयन भएका खुल्ला प्रतिनिधितर्फ हरिकुमार पोखरेल, पाँचकर्ण (पीके) राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खगेन्द्र साम्पाङ, देवविक्रम राई, कुमारप्रसाद आचार्य, दीपनारायण रिजाल र चक्रबहादुर (दिलचक्र) राई रहनुभएको छ ।
त्यसैगरी महिलातर्फ उषाकला राई, विनादेवी राई, गोमा मगर र पुष्पकला भुजेल महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै दलितकोटाबाट चर्चबहादुर विश्वकर्मा चयन हुनुभएको छ ।





प्रतिक्रिया