सुनसरी – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले आफू नेकपा एमालेमै रहेको प्रष्टीकरण दिनुभएको छ । गत शुक्रबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग बसेर खाना आएको तस्वीर सार्वजनिक भएपछि उहाँले आइतवार सो प्रष्टीकरण दिनुभएको हो ।
इटहरीमा आइतवार पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफू अहिले पनि एमालेमै रहेको र नेकपा (एस)मा नगएको बताउनुभयो । ‘माधव नेपाल मकहाँ आउनु भयो । मैले खाना खुवाएको हुँ’, चौधरीले भन्नुभयो, ‘खाना खाएर माधव नेपाल फर्कनुभयो । म नेकपा (एस)मा गएको हल्ला गलत हो । अहिले पनि एमालेमै छु ।’
गत शुक्रवार चौधरीलाई भेट्न मुख्यमन्त्री राजेन्द्र राईसहित अध्यक्ष नेपाल चौधरीकै निवास पुग्नुभएको थियो । चौधरी एमालेबाट मेयरमा निर्वाचित भएका नेता हुन् । तर, माधव नेपालसहित नेकपा (एस)का नेताहरूसँग बसेर खाना खाएको तस्वीर सार्वजनिक भएपछि उहाँले एमाले छाडेको अनुमान गरिएका थियो ।





प्रतिक्रिया