रौतहट – रौतहट जीप दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा भारतको बिहार पुर्विचम्पारणस्थित पताहि बेतौना घर भएका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिम महतो र २८ वर्षीय अमित महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उनीहरु चारैजना भारतीय नागरिक हुन् । रौतहटको यमुनामाई गाउँपालिका-५ झुनखुनुवामा शनिबार राति करिब १० बजेतिर कार दुर्घटना भएको थियो । युके १२ सी २९०० नम्बरको कार सडक किनारमा रहेको गहिरो पानी जमेको खाडलमा खसेको थियो। पानीमा डुबेको अवस्थामा जीपको सिसा फुटाएर चार जनालाई प्रहरीले निकालेको थियो ।
अस्पताल पुर्याउने वित्तिकै उनीहरुलाई मृत घोषणा गरेको हो । उनीहरु भारतको पताही बेतौना गाउँबाट देवाहि गोनाहि नपामा रहेका आफन्तको घरमा छठपर्वको प्रसाद पुर्याएर फर्किदै गरेको खुलेको छ।





प्रतिक्रिया