अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : युवा विद्यार्थीबाट को-को चुनिए ?

एमाले महाधिवेशन : युवा विद्यार्थीबाट को-को चुनिए ?


काठमाडौं – अनेरास्ववियुकी पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नविना लामा महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । त्यस्तै अनेरास्ववियुकी उपाध्यक्ष कल्पना वाइबा महिला कोटाबाट निर्विरोध भएका हुन् ।

त्यस्तै युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट युवा संघका उपमहासचिव रामजी सापकोटासहित प्रकाश भुजेल, मोती विक र चिरञ्जिवी पौडेल सर्वसम्मतरूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

यसअघि अनेरास्ववियुबाट अध्यक्ष सुनिता बराल, बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक बडाल निर्विरोध चयन हुनुभएको थियो । त्यस्तै अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महर, पूर्व उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला र शैलेस लामा पनि आ-आफ्नो जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।