अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जबराको राजीनामा माग्दै जिल्ला अदालत कैलालीमा बारको धर्ना

जबराको राजीनामा माग्दै जिल्ला अदालत कैलालीमा बारको धर्ना


धनगढी – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा मात्र गर्दै कैलाली बार एसोसियसनले जिल्ला अदालत अगाडि धर्ना दिएको छ ।

बारका पदाधिकारी तथा अधिवक्ताले हातमा कोलोपट्टी बाँधेर अदालत अगाडि एक घण्टा धर्ना दिएका हुन् । बारको केन्द्रीय तालिकाअनुसार कैलाली बारले प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरेको बारका अध्यक्ष शिद्धराज ओझाले बताउनुभयो ।

राजनीतिक भाग मागेर प्रधान न्यायाधीशले अदालतको गरिमालाई कमजोर बनाउन खोजेपछि उनको राजीनामा माग गरेको ओझाले बताउनुभयो ।