काठमाडौं – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकटका विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।
आइतबार काठमाडौं भृकुटीमण्डपको आरआर क्याम्पस अगाडि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।
संयुक्त विद्यार्थी आन्दोलनले सिलिण्डर ग्याससहित प्रदर्शन गरेको थियो । विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिनुपर्ने, आयल निगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्ने लगायतका माग राखेका छन् ।
विद्यार्थीहरूले सिलिन्डरमा विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौँ रु, गरिब जनताको घरमा म कसरी बल्ने रु, मलाई बल्न देउ’, लेखिएको थियो । सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि निरन्तर आन्दोलन जारी छ ।





प्रतिक्रिया