अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनका लागि गण्डकीबाट १६८ प्रतिनिधि चयन, सबै जिल्लामा सर्वसम्मत

एमाले महाधिवेशनका लागि गण्डकीबाट १६८ प्रतिनिधि चयन, सबै जिल्लामा सर्वसम्मत


पोखरा – नेकपा एमालेको दशौं महाधिवेसनका लागि गण्डकी प्रदेशबाट १६८ जना प्रतिनिधि चयन निर्वाचित भएका छन् । प्रदेश कमिटीबाट पाँच र अन्य प्रतिनिधि जिल्लाहरूबाट छानिएका हुन् । सबै जिल्लाबाट महाधिवेसन प्रतिनिधि सर्वसम्मत छनोट गरिएको कार्यालय सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो । सबैभन्दा धेरै कास्कीबाट छन् भने मनाङ र मुस्ताङबाट सबैभन्दा कम छन् ।

लमजुङबाट ११, मनाङ र मुस्ताङबाट समान चार-चार जना, म्याग्दीबाट नौ जना, बागलुङबाट १२ जना, गोरखाबाट १५ जना चयन भएका छन् । यस्तै, कास्कीबाट कास्कीबाट ३१ जना, तनहुँबाट १३, पर्वतबाट १३, नवलपुरबाट १९ र स्याङजाबाट २४ जना चयन भएका छन् ।

मनाङ र मुस्ताङबाट समान दुई जना खुला, एक महिला र एक दलितका दरले छनोट भएका छन् । कास्कीबाट १८ जना खुला, नौ‌ जना महिला तथा चार दलित (एक महिलासहित) निर्वाचित भएका छन् । म्याग्दीबाट पाँच खुला तथा दलित र महिलाबाट दुई दुई जना, बागलुङबाट सात जना खुला, तीन महिला र दुई दलित निर्वाचित भएका छन् ।

स्याङजाबाट १४ खुला, ६ महिला, चार दलित (दुई महिला) र तनहुँबाट नौ खुला, तीन महिला, एक दलित प्रतिनिधि छानिएका छन् । लमजुङबाट ६ खुला, तीन महिला र दुई जना दलित, गोरखाबाट १० जना खुला, चार महिला र एक जना दलित छनोट भएका छन् ।

यसैगरी, पर्वतबाट सात जना खुला, तीन जना महिला, तीन दलित ९एक महिला सहित० तथा नवलपुरबाट १२ खुला, पाँच महिला र दुई जना दलित चयन भएका एमाले गण्डकी प्रदेश कमिटीले जनाएको छ । प्रदेशबाट तीन जना खुला र दुई महिला चयन भएका छन् । मजदुरबाट चार जना खुला र चार जना महिला छानिएका छन् ।