अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संखुवासभाबाट १३ जना महाधिवेशन प्रतिनिधि चयन

एमाले संखुवासभाबाट १३ जना महाधिवेशन प्रतिनिधि चयन


संखुवासभा – नेकपा एमाले संखुवासभाले आगामी १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्वत रुपमा महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । शनिवार बसेको जिल्ला कमिटी बैठकले १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको एमाले संखुवासभा अध्यक्ष जितबहादुर घिमिरेले जानकारी दिनुभयो ।

संखुवासभाबाट जिल्ला अध्यक्ष जितबहादुर घिमिरे, तुलसी न्यौपाने, मुरारी खतिवडा, वीरेन्द्र केसी, भविश्वर गुरूङ, विदुर लिङ्थेप, भीम लिंखा र विपिन तामाङ खुल्लातर्फबाट सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी महिलातर्फ सीता दाहाल, मनमाया तामाङ, भीमादेवी राई र रिता घिमिरे कटुवाल चयन भएका छन् भने दलिततर्फ खड्गबहादुर विश्वकर्मा चयन भएको एमाले संखुवासभाले जनाएको छ । महाधिवेशन प्रतिनिधिमा धेरै आकंक्षी भएकाले छलफलपछि सहमतिका आधारमा प्रतिनिधि छनौट गरेको जिल्ला अध्यक्ष घिमिरेले बताउनुभयो । संखुवासभामा नेकपा एमालेका सात हजार क्रियाशिल सदस्य छन् ।