अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : उदयपुरबाट १६ जना प्रतिनिधि चयन

एमाले महाधिवेशन : उदयपुरबाट १६ जना प्रतिनिधि चयन


उदयपुर – नेकपा एमालेको १०औँ महाधिवेशनका लागि उदयपुरबाट १६ जना प्रतिनिधि चयन भएका छन् । दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको उदयपुरको एउटा निर्वाचन क्षेत्रबाट सहमतिमा र अर्कोमा चुनावी प्रक्रियाबाट प्रतिनिधि चयन भएका हुन् ।

क्षेत्र नं. १ मा निर्वाचन प्रकृयाबाट प्रतिनिधि चयन भएका हुन् । सो क्षेत्रबाट ६ खुल्ला र २ महिला प्रतिनिधिका लागि निर्वाचन भएको हो । उक्त निर्वाचन क्षेत्रबाट खुलातर्फ ईश्वर राउत, बिमल कार्की, परमेश्वर घिमिरे, दुर्गा थापा (स्वस्ति), कुलश बस्नेत, कालु लामा र महिलातर्फ सृजना दनुवार र महेश्वरी राई प्रतिनिधि चयन भएका छन् ।

क्षेत्र नं. २ मा सहमतिमा प्रतिनिधिको छनोट भएको हो । क्षेत्र नं. २ बाट खुलातर्फ ज्ञानेन्द्र श्रेष्ठ, शैलेश लामा, अम्बर बहादुर रायमाझी, उद्धवसिंह थापा र महिलातर्फ भीम कुमारी राउत र कला घले प्रतिनिधिमा चयन भएका हुन् ।

त्यस्तै दलिततर्फ खड्ग बहादुर दर्नाल र गिरीलाल परियार प्रतिनिधि चयन भएका हुन् ।