अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा माओवादीका मेयरका उम्मेदवार नै एमालेमा

मोरङमा माओवादीका मेयरका उम्मेदवार नै एमालेमा


उर्लाबारी– २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मोरङको उर्लाबारी नगरपालिकाको मेयरका उम्मेदवार राजेन्द्र पौडेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार एमाले जिल्ला पार्टी कार्यालय विराटनगरमा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल र जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले पौडेललाई पार्टी सदस्यता प्रदान गर्नुभयो । लामो समयदेखि माओवादी केन्द्रको राजनीतिमा रहेका पौडेल विगतमा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटीको सदस्य समेत हुनुभएको थियो । गत स्थानीय तह निर्वाचनमा उर्लाबारी नगरपालिकाको मेयरको उम्मेद्वार रहेका उर्लाबारी ४ निवासी पौडेल तेस्रो हुनुभएको थियो ।

पौडेलले नेकपा एमालेको सदस्यता लिँदा जिल्ला समन्वय समितिका संयोजक तथा एमाले प्रदेश कमिटी सदस्य नरेश पोखरेल, एमाले जिल्ला कमिटी सदस्य अग्नि भट्टराई, पुष्प ढकाल, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोलालगायतको उपस्थिति रहेको थियो ।