धनकुटा– धनकुटा जिल्लामा नेकपा माओवादी केन्द्र शून्य प्रायः हुने भएको छ ।
धनकुटा नगरपालिकाका वडा नम्बर ९ मा वडा अध्यक्षमा विजयी भएका एकमात्र माओवादी नेताले एमाले रोजेका छन् । वडा नम्बर ९ का अध्यक्ष सन्दिप रायमाझीले प्रचण्ड लगायतले आन्दोलनप्रति गद्दारी गरेका कारण राष्ट्रको समृद्धिको अभियानमा सहभागी हुन नेकपा एमालेमा प्रवेश गर्ने निर्णयमा पुगेको बताउनुभयो ।
सोमबार धनकुटाको सहिदभूमि गाउँपालिकाको छिन्ताङमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका सयौँ कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै हुनुहुन्छ ।
पार्टी प्रवेश गराउने प्रयोजनका लागि प्रदेश नम्बर १ मा माओवादी शून्य पार्ने घोषणा गरेका व्यवसायी समेत रहेका एमाले नेता दुर्गा प्रसाईले केही दिनदेखि धनकुटाका गाउँगाउँमा माओवादीका नेता कार्यकर्ता खोजी गरिरहनुभएको छ ।
सोमबारको कार्यक्रममा सयौँ माओवादी कार्यकर्ता एमाले प्रवेश गर्ने र त्यसको तयारी अन्तिम चरणमा पुगेको प्रसाईले जानकारी दिनुभयो ।
धनकुटाको महालक्ष्मी नगरपालिका ३ का वडाध्यक्ष भरत थापा यसअघि नै एमाले प्रवेश गरिसक्नुभएको छ ।





प्रतिक्रिया