काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनकुटा जाँदै हुनुहुन्छ ।
अध्यक्ष ओली ४३ औं छिन्ताङ स्मृति दिवसका अवसरमा सहिदभूमि गाउँपालिकामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमाले धनकुटाका जिल्ला अध्यक्ष राजेन्द्र राईका अनुसार उक्त दिन माओवादी र कांग्रेस त्यागेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेश गर्ने कार्यक्रम छ ।
यसैगरी छिन्ताङ सहिद परिवारसँग पनि अध्यक्ष ओलीले भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नेकपा एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुहुने भएको छ ।
कार्यक्रममा कलाकारको साँस्कृतिक प्रस्तुति रहनेछ ।







प्रतिक्रिया