काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संथाको लाभाश सुरक्षित गर्ने सोमवार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ३० कात्तिकमा बुकक्लोज गर्दै छ । यसअनुसार सोमवारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १० मंसिरमा एसियन होटल कालिकानगर बुटवलमा आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
सभामा हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।
साथै, अन्य कुनै वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेडा छन् ।







प्रतिक्रिया