अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईंको कडा अभिव्यक्ति– ‘प्रचण्ड कांग्रेस बन्न तयार छन्’

दुर्गा प्रसाईंको कडा अभिव्यक्ति– ‘प्रचण्ड कांग्रेस बन्न तयार छन्’


काठमाडौं– पछिल्लो समय नेकपा एमालेमा सक्रिय झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस बन्न तयार रहेको दाबी गर्नुभएको छ ।

धनकुटाको खोकुछिन्ताङमा एमालेद्वारा आयोजित सभालाई सोमबार सम्बोधनका क्रममा प्रसाईंले शेरबहादुर देउवाको वरीयता पाए प्रचण्ड कांग्रेसको बन्ने ठोकुवा गर्नुभयो । कांग्रेससँगको गठबन्धनका नाममा फेरि सत्तामा फर्किने प्रचण्डको सपना पनि पूरा नहुने उहाँले बताउनुभयो । ‘अब गठबन्धनका नाममा गरिएको अनैतिक खेल पानीको फोका झैँ हुनेछु, उहाँले भन्नुभयो, ‘पहिचानको नाममा जातीयताको बीउ रोप्नेहरु अब सकिनेछन्।’

प्रसाईले माओवादीका नाममा देशमा भएको १७ हजार नेपालीको रगतले प्रचण्ड र बाबुराम भट्टराईलाई पोल्ने पनि बताएका छन्।