धनकुटा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले राजनीतिक बाटो बिराएकोमा आश्चार्य प्रकट गर्नुभएको छ ।
धनकुटाको खोकुछिन्ताङमा सोमबार आयोजित पार्टीको जनसभालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेस त यति थोत्रो भइसक्यो कि अब कामै लाग्दैन। थोत्रो पार्टी भइसकेको छ अब यसको काम छैन । तर त्यही थोत्रो पार्टी कांग्रेसका पछाडि लाग्ने कस्ता होलान् ।’

ओलीले कांग्रेसको पछि लागेर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले दुईतिहाइको सरकार ढालेको आरोप पनि लगाउनुभयो ।
यसैबीच नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेतारकार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।





प्रतिक्रिया