अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीको छलफल निष्कर्षविहीन, भोलि फेरि बस्ने

सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीको छलफल निष्कर्षविहीन, भोलि फेरि बस्ने


काठमाडौं – सर्वोच्च अदालतका ११ न्यायाधीश र नेपाल बार एसोसिएसन तथा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

नेपाल बारका उपाध्यक्ष रक्षा बस्याले ११ जना न्यायाधीशसँग समसामयिक विषयमा छलफल भएको र भोलि फेरि बस्ने गरी स्थगित भएको बताउनुभयो । उहाँकाअनुसार न्यायलय शुद्धीकरणका विषयमा छलफल भए पनि आज कुनै टुंगो लागेन ।

छलफलका नेपाल बारका तर्फबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल र महासचिव लिलामणी पौडेल तथा सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे सहभागी हुनुहुन्थ्यो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार चार सातादेखि आन्दोलनमा छ भने न्यायाधीशहरुले पनि मुद्दा हेरेका छैनन् ।