धनकुटा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज धनकुटामा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसहित जिल्लाका १५ सय भन्दा बढी नेता र कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । नेता र कार्यकर्ताहरु माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र धनकुटामा अब टर्च बालेर खोज्नु पर्ने अवस्था पुगेको छ ।
आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका-९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका-३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एमाले अध्यक्ष ओलीसहित वरिष्ठ नेताहरु र धनकुटा एमाले अध्यक्ष राजेन्द्र राईले स्वागत गर्नुभएको





प्रतिक्रिया