अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिलेको सरकार स्वार्थहरूको गठबन्धन : शंकर पोख्रेल

अहिलेको सरकार स्वार्थहरूको गठबन्धन : शंकर पोख्रेल


धनकुटा – नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले अहिलेको सरकार स्वार्थहरूको गठबन्धन रहेको बताउनुभयो ।

आज धनकुटाको छिन्ताङमा नेकपा एमालेले आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै पोख्रेलले सर्वोच्च अदालतमा चलिरहेको विवादले सरकार के भन्ने प्रष्ट भएको बताउनुभएको हो ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोख्रेलले कम्युनिष्ट पार्टीमा नेता र कार्यकर्ताका आधारमा केपी ओली नेता भएको बताउँदै एमाले जनतामा आधारित पार्टी निर्माण भएको र अझै सुदृढ हुने बताउनुभयो । पोख्रेलले माओवादी केन्द्रसँग एकता हुँदा पार्टीको संगठनात्मक जीवन खल्बलिएको बताउँदै अबको यात्रा दक्षिणपन्थी र अवसरवादका विरुद्ध हुने बताउनुभयो ।

उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले समाजवादको कुरा गरेर कांग्रेसको पाउमा चढाएको र प्रचण्डको नेतृत्वमा समाज विभाजन हुन खोजेको आरोप लगाउनुभयो । उहाँले प्रचण्ड पार्टी एकताको बाधक बनेको बताउँदै एमाले जनतामा आधारित कार्यकर्ताहरूको पार्टी भनेर महाधिवेशनबाट सन्देश दिने बताउनुभयो ।