ओखलढुंगा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मशाल खोसेको छ । चर्को मूल्य वृद्धिको विरुद्धमा आन्दोलन गर्दैको उक्त पार्टीले भोलि ३० कात्तिकमा नेपाल बन्द घोषणा गरेर आज मशाल जुलुस निकालेको थियो । सिद्धिचरण नगरपालिका-१२ स्थित गणेशचोक नजिकैबाट सुरु भएको जुलुस प्रहरीले गणोशचोकमै रोकेको थियो ।
प्रहरीले रोकेपछि एक दर्जन संख्यामा रहेका आन्दोलनकारीले मशाल भुइँमा बालेर नारा जुलुस सुरु गरेका थिए । भुइँमा बालेको मशालमा समेत प्रहरीले पानी हालेर निभाएको थियो । आन्दोलनकारी भन्दा प्रहरीको संख्या बढी भएपछि चोकमै कोणसभा गरेर नेपाल बन्द सफल बनाउन अपिल गर्दै जुलस निकाल्नेहरू फर्केका थिए ।
मंगलबार नेपाल बन्द घोषणा गरेपछि सुरक्षााकर्मी सोमबार साँझदेखि नै परिचालन गरिएको छ ।
तस्वीर: नेकपाका कार्यकर्ताले निकालेको मशाल जुलुस
प्रतिक्रिया