अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाँजा खेतीको प्रतिवन्द हटाउन एमाले धनकुटाका अध्यक्ष राईको माग

गाँजा खेतीको प्रतिवन्द हटाउन एमाले धनकुटाका अध्यक्ष राईको माग


धनकुटा -नेकपा एमाले धनुकटाका अध्यक्ष राजेन्द्र राईले गाँजा खेतीमा लगाइएको प्रतिवन्द हटाउन माग गर्नुभएको छ ।
सहिद भूमी गाउँपालिकामा हिजो आयोजित कार्यक्रममा अध्यक्ष राईले गाँजा खेती गरेकै कारण छिन्ताङ क्षेत्रका ५०÷६० जना व्यक्ति अहिले पनि जेलमा रहेको बताउनुभएको छ ।
‘छिन्ताङ क्षेत्रमा आम्दानीको राम्रो स्रोतको रुपमा गाँजा खेतीमा रहेको प्रतिवन्द हटाउनु पर्दछ’ राईले भन्नुभयो ‘गाँजा खेती गरेको अभियोगमा यहाँबाट पक्राउ गरेर जेलमा राखिएकाहरुको कैद मिनाहा गर्न आग्रह गर्दछु ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष राईले आफू सहित केही सँसदहरुले गाँजाा खेतीलाई वैद्यता दिन संसद सचिवालयमा पेश गरेको निवदेन अगाडी बढाउने पहल लिइदिन पनि आग्रह गर्नुभएको छ ।