अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेसका पालामा न्यायलयमा बेथिती भित्रिएको हो : पोखरेल

काँग्रेसका पालामा न्यायलयमा बेथिती भित्रिएको हो : पोखरेल


काठमाडौं -नेकपा एमालेका नेता शंकर पोखरेलले काँग्रेसका पालामा न्यायलयमा बेतिथी भित्रिएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै नेता पोखरेलले काँग्रेस नेता नरहरी आचार्य मन्त्री भएको बेला काँग्रेसको निर्देशनमा सक्षम न्यायधिसहरुको म्याद थप नगरी विवादस्पद र असक्षकहरुलाई सर्वोच्चमा भित्र्याएपछि नै अदालतमा विक्रितीको बिजारोपण भएको उल्लेख गर्नुभएको छ । अहिलेका भइरहेका अदातलती विक्रिती त्यसबेला कै सहउत्पादन भएको पोखरेलले उल्लेख गर्नुभएको छ ।
पोखरेल लेख्नुहुन्छ ‘न्यायलय भित्र अहिले देखिएको बेथितीको कारण मध्ये नरहरी आचार्य कानुन मन्त्री भएको बेलामा नेकाको निर्देशनमा सर्वोच्चमा तुलनात्मक रुपमा सक्षम अस्थायी न्यायधिसहरुको अवधी थप नगरी कमजोर र विवादस्पद कार्यक्षमता भएकाहरुलाई ल्याउनुको परिणाम हो । अन्य कुरा त्यसकै सहउत्पादन हुन् । राष्ट्रियसभाका सदस्य माननीय राधेश्याम अधिकारीजीलाई यो प्रकरणका बारेमा राम्रोसँग थाहा छ ।’